घट्यो सुनको मुल्य

Nepal Cover
३० फाल्गुन २०७६, शुक्रबार
image

सुनको मुल्य शुक्रवार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ।

बिहिवार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रवार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।