नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए (नामावलीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को सरुवा भएको छ। सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। कोसीमा चन्द्रकुवेर खापुङ, मधेशमा यज्ञविनोद पोख्रेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रूपमा आउनेछन्।
सम्पत्ती न्यूज
२५ पुष २०८०, बुधबार