राष्ट्रियसभा चुनावका मतदाताको अन्तिम नामावली प्रकाशित (मतभार तालिका हेर्नुस्)

Nepal Cover
२२ पुष २०८०, आईतवार
image

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। 

सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगका प्रवक्ताका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ।

पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ।  माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ।