ललितपुरको प्रजिअमा श्रेष्ठ प्रहरी प्रमुखमा खनाललाई नयाँ जिम्मेवारी

  Sampatti News Online

January 6, 2024

काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । श्रेष्ठ गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएका थिए ।त्यस्तै ललितपुरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत खनालले ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

केहि दिन अघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षालाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।सुरक्षामा थप चुनौती थपिएको अवस्थामा श्रेष्ठ र खनालको जिम्मेवारीले उपत्यकाको महत्त्वपूर्ण जिल्ला ललितपुर कसरी अगाडि बढछ त्यो भने हेर्न बाकी छ।

प्रकाशित मिति:January 6, 2024