काठमाडाैं महानगपालिकाको डोजरले अनामनगरका अवैध संरचना भत्काउँदै
काठमाडौँ । शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ। महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ । महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेनको नेतृत्वमा केही सातायता अवैध संरचनाहरु हटाउन डोजर चलाइएको छ
सम्पत्ती न्यूज
७ आश्विन २०७९, शुक्रबार