दार्चुला, ७ असोज । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।
मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा रहेका अन्य पाँचजना सामान्य घाइते छन्। जिपमा नौ जना थिए। नौ मध्ये आठ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।