काठमाडौ-नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व राख्ने शल्यक्रिया भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राख्ने शल्यक्रिया सफल भएको हो । मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । उहाँले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट…