पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन
काठमाडौँ-सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन जारी भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई उक्त निर्देशन जारी गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै उक्त कार्य नगर्न निर्देशन दिएका हुन् ।
यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ ।
स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।

पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन