१२६ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

March 4, 2022

थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:March 4, 2022