त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

  Sampatti News

February 10, 2022

त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

काठमाडौँ-आगामी फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पुर्ण क्रियाकलाप भौतिक उपस्थितिमै सुचारु गर्ने निर्णय गरेको छ ।

त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परिषद्ले स्थानीय निकायसँगको समन्वयमा मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो ।

गत मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

प्रकाशित मिति:February 10, 2022