प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका ‘प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८१, सोमबार