इरानी राष्ट्रपति रइसीको हेलिकोप्टर दुर्घटनामा निधन

Nepal Cover
७ जेष्ठ २०८१, सोमबार
image

काठमाडौं ।हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ।

आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा बडिगार्ड, पाइलट, को-पाइलट, सुरक्षा प्रमुखलगायत अधिकारी पनि सवार थिए।

राष्ट्रपति  रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो।

राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए। टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो।