काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताए । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । “आर्थिक विकासको प्रमुख आधार नै…