काठमाडौँ-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज इलामको सूर्योदय नगरपालिकामा बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा झलनाथ खनालले चुनाव जितेको क्षेत्रमा आज ओलीले सम्बोधन गर्ने छन् । एमालेले आयोजना गरेको बृहत् जनसभालाई अध्यक्ष ओली आज सम्बोधन गर्न इलाम पुगेका हुन् । जनसभाको आयोजना गरेको एमालेले पार्टीको नीति बिचार कार्यक्रम तथा चुनावी एजेण्डालाई आम जनतासम्म पुर्याउन उक्त जनसभा…