झलनाथको क्षेत्रमा ओलीको जनसभा

  Sampatti News

March 20, 2022

काठमाडौँ-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज इलामको सूर्योदय नगरपालिकामा बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा झलनाथ खनालले चुनाव जितेको क्षेत्रमा आज ओलीले सम्बोधन गर्ने छन् ।

एमालेले आयोजना गरेको बृहत् जनसभालाई अध्यक्ष ओली आज सम्बोधन गर्न इलाम पुगेका हुन् ।

जनसभाको आयोजना गरेको एमालेले पार्टीको नीति बिचार कार्यक्रम तथा चुनावी एजेण्डालाई आम जनतासम्म पुर्‍याउन उक्त जनसभा बिशेष रहेको जनाएको छ ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति:March 20, 2022