आजबाट एसिया कप क्रिकेट, नेपाल र यूएई भिड्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले डम्बुला मैदानमा यूएईको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। आजै हुने अर्को खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल पनि सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगिता आजदेखि साउन १३ गतेसम्म हुनेछ। प्रतियोगितामा आठ टिम सहभागी छन्।…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार