आजबाट एसिया कप क्रिकेट, नेपाल र यूएई भिड्दै

Nepal Cover
४ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले डम्बुला मैदानमा यूएईको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल पनि सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगिता आजदेखि साउन १३ गतेसम्म हुनेछ।

प्रतियोगितामा आठ टिम सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तानसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई(दुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टिमबीच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपाली टिममा पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।