प्रधानमन्त्रीको राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त

Nepal Cover
३ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका थिए । त्यस्तै डा। खतिवडा यसअघि २०७४ सालमा ओली प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका थिए ।