‘प्रचण्ड’को प्रस्ताव ः पार्टी सुदृढीकरण गर्न तीन महिने अभियान चलाऔँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरिएको छ। यही भदौ, असोज र कात्तिकमा सङ्गठन सुदृढीकरण अभियान चलाउन उनले प्रस्ताव गरेका हुन्। यो अभियान वडा तहसम्म पुग्नेछ।…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार