काठमाडौँ । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । धरानमा आज बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), खसआर्यबाट अम्बिकादेवी संग्रौला, दलितबाट राधिका रम्तेल र मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुरको नाम टुंगो लगाएको हो । बैठकले टुंगो लगाएको नाम…