एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता
भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । बागलुङ-प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् । टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार