काठमाडौं । निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजार आज बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको हो । आज नेप्से २१.२६ अंकले बढेर एक हजार ९ सय ४ दशमलब ४३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।…