लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे निष्कर्ष निकाल्याे
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्य सामग्री खरिदमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएर अख्तियारको दुरुपयोग भएको र महंगोमा स्वास्थ्य सामग्री खरिद गरिएको समितिको ठहर छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरूपयोग गरिएको र अनियमितता…
सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार