नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको सपथ
नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको सपथ काठमाडौं-नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएकी छन् । प्रदेश नम्बर १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले बिहीबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार