नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनाको निवेदन

  Sampatti News

November 10, 2021

काठमाडौँ-नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि मागिएको आवेदनमा तीन जनाले निवेदन दिएका छन् ।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाका अनुसार मंगलबार बेलुकीसम्म तीन जनाले निवेदन दिएका हुन्।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सह सचिव रमेश कुमार केसीले मंगलबार बेलुकीसम्म तीन जानको निवेदन परेको जानकारी दिएका छन्।

निवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी र अनिल पौडेल रहेका छन् ।

निवेदन दिने गिरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

पूँजी बजारमा लामो समयको अनुभव बोकेका गिरी यस अघि अन्तिम तीनबाट फालिएका थिए।

त्यस्तै निवेदन दिने डा. अधिकारी बोर्डकै उपकार्यकारी निर्देशक हुन् । उनले पनि बोर्डमा निकै लामो अनुभव बोकेका छन्।

त्यस्तै निवेदन दिने अनिल पौडेलले भने आफ्नो बारेमा केही खुलाएका छैनन् ।

निवेदन दिँदा समेत शिलबन्दी पर्ने भएकोले उनी को हुन् भन्ने कुरा अझै नखुलेको मन्त्रालय स्रोतको भनाइ छ।

बोर्ड अध्यक्षमा बिहीबारसम्म निवेदन दिन सकिन्छ। बुधवार सार्वजनिक बिदा परेकोले बाँकीले बिहीबार नै निवेदन दिने बताएका छन् ।

बिहीबार निवेदन दिने तयारीमा रहेकामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी गोपाल भट्ट, बीमा समितिका निवर्तमान अध्यक्ष चिरन्जिवी चापाँगाइ,चार्टड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य,नेपाल स्टक एक्सचेन्जका पूर्व कार्यकारी अधिकृत सीताराम थपलिया लगायत छन्।

प्रकाशित मिति:November 10, 2021