कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौँ-सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार