सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

  Sampatti News

December 20, 2021

सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

यस बर्षको एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा एकै समयमा हुने देखिएको छ ।

शिक्षक सेवा आयोगले चैत्र १५ गतेका लागी तय गरेको परिक्षा र एसईइ जुध्ने देखिएको हो ।

एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा जुधेमा परिक्षा केन्द्र लगायत पर्यवेक्षक तथा सुपरिवेक्षक ब्यवस्थापनमा समस्या सृजना हुने देखिएको छ ।

साथै परिक्षामा सहभागी हुने शिक्षक आफ्नै परिक्षाको तयारीमा जुट्दा बिद्यालयको पठन पाठन समेत प्रभावित हुने देखिएको छ ।

यससँगै सरोकारवाला निकायले यस समस्या समाधान गर्न चासो देखाउन थालेका छन् ।

शिक्षक सेवा आयोगले परिक्षा तालिका नजुधाउका लागी राष्ट्रिय परिक्षा वोर्डसँग छलफल अगाडी बढाएको छ ।

शिक्षक सेवा आयोगले परिक्षा तालिका सार्वजनिक गरिसकेको अबस्थामा राष्ट्रिय परिक्षा वोर्डलाई परिक्षा तालिका आयोगको परिक्षासँग नजुधाउने गरि बनाउन छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

प्रकाशित मिति:December 20, 2021