अधिकृतविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । प्रवक्ता दाहालका…
सम्पत्ती न्यूज
२५ आश्विन २०८०, बिहीबार