लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भनिने पदम विनोद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट एक…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार