रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।…
सम्पत्ती न्यूज
७ असार २०८३, आईतवार