प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

Nepal Cover
५ असार २०८३, शुक्रबार
image

काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबारको कार्यसूचीमाथि छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।

आजको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो।