निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।”…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार