गृहमन्त्री खाँण र महासचिव सिंहबीच भेटवार्ता

  Sampatti News

April 15, 2022

गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा विसं २०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गर्नुभयो ।

साथै उहाँले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ ।

गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति:April 15, 2022