नेकपा एकीकृत समाजवादी पुरानो पार्टीको निरन्तरता: अध्यक्ष नेपाल

  Sampatti News

April 14, 2022

काठमाडौ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले एकीकृत समाजवादी पुरानो पार्टीको निरन्तरता भएको बताउनु भएको छ ।

रौतहट काठमाडौ सम्पर्क मंचले चोभारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।

उहाँले केपी ओलीले पार्टीलाई बैधानिकरूपमा कब्जा गरेपछि नयाँ पार्टी खोल्नु परेको तर यो पार्टी पुरानै पार्टीको निरन्तरता भएको बताउनु भएको छ ।

उहाँले ठुलै मेहनत र कडा परिश्रमले बनाइएका संगठनका धेरै जसो कार्यकर्ता देखि जनताको लहर छोटो समयमा समाजवादिमा जोडिएको बताउदै पार्टीले जनताको मन जितिसकेको उल्लेख गर्नुभयो ।

रौतहट काठमाडौ सम्पर्क मंचले आयोजना गरेको नयाँ वर्षको शुभकामना तथा वनभोज कार्यक्रममा अध्यक्ष नेपालले सुर्यमा ग्रहण लागिसकेकोले अब बैशाख तीस गते हुने निर्वाचनमा कलम चिन्हमा मतदान गरेर एकीकृत समाजवादीका उमेद्वारलाई बिजय गराउन आग्रह गर्नुभयो ।

उहाले गठबन्धनका उमेदवार्र जनताको मन जित्न गाउँ गाउँ र बस्ती बस्तीमा पुग्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा उहाँले रौतहट जिल्लावासिलाइ नयाँ वर्षको शुभकामना दिदै एकीकृत समाजवादीपार्टीले नेपालको बामपन्थी आन्दोलनलाई नयाँ दिशा दिदैँ अगाडी बढेको बताउनुभयो।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै, पार्टी स्थायी समिति सदस्य पुर्व मन्त्री डा.बन्सिधर मिश्रले दुई तिहाइ जोगाउन नसक्नेलाई अब चुनावी मैदान बाट जवाफ दिदै कलम चिन्ह जनताको हितमा प्रयोग हुने भएकोले यसको प्रचारप्रसारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थित रहेको उक्त शुभकामना कार्यक्रममा गायत्री नेपाल ,नवराज तिमल्सिना,बेदनाथ कोइराला ,गोपाल श्रेष्ठ शंकर, गोबिन्द चौलागाईं, दुर्गा खडका, दिपक गुप्ता लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

विभिन्न हाजिर जवाफ प्रतियोगिता सहित सास्कृतिक कार्यक्रम गरेर आयोजना गरिएको शुभकामना कार्यक्रममा काठमाडौ बस्ने विभिन्न पेसाकर्मिहरुले सयौंको संख्यामा सहभागीता जनाएको उक्त कार्यक्रम बैशाख तीसमा हुने स्थानियतहको चुनाव केन्द्रित रहेको जानकारी गराइएको छ।

रौतहट काठमाडौ सम्पर्क मंचका अध्यक्ष सचिन कुइकेलको अध्यक्षतामा कार्यक्रम आयोजना भई सम्पन्न भएको थियो।

प्रकाशित मिति:April 14, 2022