डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी निर्वाचनमा खटिने
काठमाडौं - यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार