चट्याङ लागेर दुई जनाको मृत्यु
कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका(१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्। बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।
सम्पत्ती न्यूज
१३ असार २०८१, बुधबार