ताप्लेजुङ मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ
काठमाडौंं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।अख्तियारको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ कोप्चेबाट नियन्त्रणमा लिइएका मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दावी छ।
सम्पत्ती न्यूज
११ बैशाख २०७९, आईतवार