काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण सुरु

  Sampatti News

April 24, 2022

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो।

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

प्रकाशित मिति:April 24, 2022