काठमाडौँ-नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आजको प्रतिनिधिसभामा बैठकमा बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराइएको हो। एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।