सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

  Sampatti News

March 4, 2022

सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

काठमाडौं-लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।

समितिले गरेका काम कारबाहीहरूको मूलभूत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ ।

समितिले गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन समेत यसमा समावेश गरिएको छ ।

यसअघिफास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो ।

अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको छ ।

सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

प्रकाशित मिति:March 4, 2022