संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६ वर्षीय बालिकासहित ९ जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेमा संक्रमितको ०।५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।
सम्पत्ती न्यूज
६ भाद्र २०७७, शनिबार