तराई मधेश द्रुतमार्गको निरीक्षणमा रक्षासचिव र प्रधानसेनापति शर्मा
काठमाडौं-नेपाली सेनाको नेतृत्वमा बनिरहेको मुलुकको राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको रक्षासचिव र प्रधानसेनापति शर्माले स्थलगत निरिक्षण गरेका छन् । निर्माणाधीन काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले स्थलगत निरीक्षण गरेका हुन् । शर्माद्वयले बुदुने रानीसेरास्थित शिविर तथा सिस्नेरी, महादेवटार, मख्खुवेशी, लेनडाँडा सडकखण्डको स्तलगत निरिक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०७८, बुधबार