एसईईमा परीक्षार्थीको उमेर हद नलाग्ने

  Sampatti News

March 9, 2022

एसईईमा परीक्षार्थीको उमेर हद नलाग्ने

काठमाडौं-माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ ।

वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान संसोधन गर्दै उमेर हद नलाग्ने बनाईएको हो ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ अब कक्षा १० मा लागु हुँदैन ।’

एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत: अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

एसईईमा परीक्षार्थीको उमेर हद नलाग्ने

प्रकाशित मिति:March 9, 2022