नेष्डोलघुवित्तको शेयर बाँडफाँट: साढे ७७ हजारले पाए १० कित्ता

  Sampatti News

March 8, 2022

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको सर्वसाधारण शेयरको बाँडफाँट सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ ।

२५ लाख २७ हजार १ सय १ जनाको शेयर आवेदन मध्य ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भएको छ ।

२५ लाख २२ हजार ९ सय ५५ जना योग्य निवेदकलाई गोलाप्रथाबाट बाँडफाँट गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

३ कित्ता रहेको बाँकी अड लटको शेयर २० कित्तामाथिका लागि आवेदन गर्ने ३ जनाले एक एक कित्ताको दरले पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जारी पूँजीको ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो ।

प्रकाशित मिति:March 8, 2022