कांग्रेस धनुषा सभापतिमा पजियारको जित निश्चित: प्रसैलाको भित्री सहयोग पजियारलाई

  Sampatti News

March 9, 2022

जनकपुरधाम-नेपाली कांग्रेसको धनुषा जिल्ला सभापति पदको लागी पूनःमतदान हुने भएको छ ।

सोमबार भएको मतदानमा प्रत्यासी तिनवटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको कारण पूनःमतदान हुने भएको हो ।

मंगलबार राती सम्पन्न मतगणनामा डा.शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैला यादव अन्य दुई मतदाताभन्दा कम मत ल्याएर प्रतिश्पर्धाबाट बाहिरिएका छन् ।

कांग्रेसको विधानको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसके दोस्रो चरणमा प्रमुख दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान अनुसार पुन मतदान हुन लागेको हो ।

सभापतिका उम्मेदवारहरु मध्ये विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारले ९ सय ८९ मत, संस्थापन पक्षका सन्तोष यादवले ५ सय ४० मत र डा.शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैला यादवले ५ सय २९ मत प्राप्त गरेका थिए ।

पहिलो र दोस्रो भएका पजियार र यादव बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

धनुषामा करिब ३ हजार २ सय मतदाता रहेका छन् । सो मध्ये २ हजार ९ सय १२ मत खसेको थियो ।

पहिलो चरणमा निर्वाचित हुन १ हजार ४ सय ८६ मत ल्याउनु पर्नेछ ।

डा.कोइराला पक्षका नेता रामकृष्ण यादवले खुलेर प्रसैलालाई नसघाएको आरोप छ ।

डा कोइराला पक्षका निर्वाचनबाट बाहिरिएका प्रसैलाले भित्री रुपमा योगेन्द्र पजियारलाई सहयोग गर्न तयार भएको बुझिएको छ ।

प्रकाशित मिति:March 9, 2022