नेपाली समाजमा तथ्य नबुझि जस्तो हल्लामा पनि विश्वास गर्र्ने एउटा विडम्वना छ । कागले कान लियो भन्दैमा मान्छेहरु कान छाम्दैनन् की, कागको पछि दगुर्ने गर्दछन् । यही कारण कुनै कमजोरी नै नभएको व्यक्तिसमेत समाजमा आफ्नो टाउको लुकाएर लुकी लुकी हिंड्नुपर्ने अवस्था सिर्जना हुने थुप्रै उदाहरण छन् । कमजोरी गर्ने मानिसले टाउको लुकाएर हिंड्नुपर्ने अवस्था आउनु त स्वभाविकै होला तर कुनै…