नेता योगेश भट्टराई अस्पताल भर्ना
काठमाडौँ-नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि नेता भट्टराईलाई अस्पताल भर्ना गर्नुपरेको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिएका छन् । ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराई ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना भएका हुन् ।
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार