प्रदेश १ मुख्यमन्त्रीको दिनगन्ती सुरु: आइतबार विश्वासको मतदान हुदै

  Sampatti News

October 22, 2021

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्रीको दिनगन्ती सुरु भएको छ ।

प्रदेश १ का मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको हो ।

प्रस्ट रुपमा अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान प्रक्रिया सुरु हुने भएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए ।

उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।

प्रकाशित मिति:October 22, 2021