म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच
बेनी । म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार