राहुल गान्धीलाई दिइयो यसअघि खोसिएको सरकारी बंगला

  Sampatti News

August 9, 2023

नयाँदिल्ली । सांसद पदमा पुर्नबहाली भए पछि कांग्रेस आइका नेता राहुल गान्धी संसदीय राजनीतिमा फर्केका छन् । सर्वोच्च अदालतवाट पुर्नबहाली भएका कांग्रेस नेता गान्धीलाई उनलाई सरकारी निवास दिईएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार संसदको आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन । तर, राहुलले यो बंगला लिने वा नलिने भन्नेबारे ८ दिनभित्र जवाफ दिनु पर्नेछ । बंगला लिने बारे सोध्दा उनले भने, ‘मेरो पूरै भारत घर हो।’

राहुल १९ वर्षदेखि यही बंगलामा बस्दै आएका छन् । मानहानीको मुद्दामा दोषी ठहर भएपछि उनले अप्रिल २२ मा उक्त घर छाड्नु परेको थियो । त्यसपछि उनी १० जनपथस्थित सोनिया गान्धीको निवासमा सरेका थिए । सन् २००४ मा पहिलो पटक अमेठीबाट सांसद बनेपछि उनले सन् २००५ मा १२ तुघलक लेनमा बंगला पाएका थिए ।

राहुलले यही वर्ष फेब्रुअरी २६ मा आफूसँग कुनै घर नभएको बताएका थिए । उनले जनताको सेवा नै आफनो पहिलो काम भएको जनाईएको थियो ।

प्रकाशित मिति:August 9, 2023